Section 18
दण्ड सजाय
(१) कसैले दफा १३ वा दफा १६ बमोजिम दाखिल गर्नुपर्ने फाँटवारी दाखिल नगरेमा वा अधूरो फाँटवारी दाखिल गरेमा वा जानी जानी झुठ्ठा फाँटवारी दाखिल गरेमा तोकिएको अधिकारीको आदेशले सम्बन्धित जग्गा जफत हुनेछ ।
तर–
(क) भोग वा दृष्टिबन्धकी जग्गाका हकमा साहू वा असामी कसैले पनि फाँटवारी पेश गरेको रहेनछ भने तोकिएको अधिकारीको आदेशले त्यसको जग्गामा साहूको परेको थैलीको कानुनी मान्यता लोप हुनेछ र त्यस्तो जग्गा समेत जफत हुनेछ ।
(ख) तोकिएको अधिकारीले सम्बन्धित जग्गा जफत गर्नु भन्दा अघि जफत किन हुनु नपर्ने भनी सम्बन्धित व्यक्तिलाई सबूद प्रमाण सहितको स्पष्टीकरण दिने मौका दिनु पर्दछ र सम्बन्धित व्यक्तिले पेश गरेको सबूद प्रमाणको समेत छानविन गरी तोकिएको अधिकारीले सम्बन्धित जग्गा जफत गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
(२) कसैले दफा १५ बमोजिम जग्गा प्राप्त गरिने काममा तोकिएको अधिकारी वा निजको तर्फबाट काम गर्न खटिएको कर्मचारीलाई बाधा विरोध गरेमा त्यस्तो बाधा विरोध गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु. ५०,०००।– पचास हजारसम्म जरिवाना वा ६ महीनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
(३) … … …